कर्णाली राजमार्ग अवरुद्ध भएपछि जुम्लामा हेलिकोप्टरबाट राहत सामग्री वितरण

डिसी नेपाल
२९ असोज २०७९ ७:४१

जुम्ला। बाढी पहिरोले कर्णाली राजमार्ग अवरुद्ध गरेपछि बाढी पीडितलाई राहत दिन सकस भएको छ। बाढी पहिरोबाट प्रभावित घर परिवारलाई कर्णाली प्रदेश सरकारले हेलिकप्टरबाट राहत सामग्री वितरण गरको छ।

जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा कर्णाली प्रदेश सरकारले जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा हेलिकोप्टरबाट अत्यावश्यक सामग्री राहात वितरण गरेको हो।

सेनाको अगष्टा हेलिकोप्टरमा सो क्षेत्रमा केही राहत पुर्‍याइएको नेपाली सेनाले जानकारी दिएको छ। नेपाली सेनाका नन्दबक्स गणका गणपति रविन थापाका अनुसार नेपाली सेनाको हेलिकोप्टरले हिमा, सिंजा र कनकासुन्दरीमा केही राहात पुर्‍याएको हो।


यस्तै, नेपाली सेनाको २४ नम्बर बाहिनीका अनुसार २६ गते कनकासुन्दरी गाउँपालिका सुन्दरीमा चाईनिजपाल ४ वटा, कम्वल ४० वटा र डिटोल सावुन एक कार्टुन वितरण गरिएको छ। सिंजा गाउँपालिकामा त्रिपाल २५ वटा, कम्बल २५ वटा, प्लाष्टिक पाल २५ वटा पुर्‍याइएको छ। हिमा गाउँपालिकामा कम्बल २५, त्रिपाल २५ र डिटोल सावुन १ कार्टुन एक प्याकेट रहेको छ।

त्यस्तै, २७ असोजमा हिमा गाउँपालिकामा ६० वटा त्रिपाल, कम्वल एक सयवटा टेण्टपाल एक सय वटा, डिटोल सावुन एक कार्टुन पुर्‍याइएको छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले अनुसार शुक्रबार पनि हिमा र सिंजामा हेलिकोप्टरले राहात पुर्‍याएको छ। उनले भने,कर्णाली प्रदेश सरकारको सहयोगमा खाद्यन्न ल्याइएको छ।

त्यस्तै, हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले निरन्तरको पर्यासले प्रदेश सरकारको सहयोगमा तत्काल हिमाका ७ वटा वडाहरु मध्य ४,५,६ र ७ को लागि हिजो २५ गते कालिकाखेत्तुमा रअसोज २८ गते शुक्रबार १,२ र ३ वडाहरुको लागि देवारगाउँ टापुमा हेलिकप्टरद्वारा राहतका सामग्री उपलब्ध भएको बताए।

गत असोज १९ देखि २५ गतेसम्म परेको अविरल वर्षाले हिमा गाउँपालिकामा ३ सय ८६ घर पूर्ण क्षति भएको गाउँपालिकाले जानकारी दिएको छ। यसैगरी सिंजा गाउँपालिकामा ५१ घर क्षति भएको गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालले जानकारी दिए।

त्यस्तै, कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले पहिरोले ८ जनाको मानवीय क्षति भएको र घरको क्षेति कति भयो भन्ने तथ्यांक संकलन भइरहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *