गजल : माग्दै सुझाब आयो सायद ऊ सुध्रिएछ

बहर: मुजारे अखरब
अर्कान: २२१ २१२२ २२१ २१२२

जोतिन्न खेत आमा जंगल बनाइएछ
छैनन् हलो र फाली त्योटार बाँझिएछ।

वाचा गरेर मार्ने यस्तो छ छाँट तिम्रो
मान्छेको जिन्दगानी बेहाल पारिएछ।

घर गाउँ टोल बस्ती चर्चा छ मात्र उसको
पारेर एक्लो मेरो विश्वास तोडिएछ।

पानी पिलाउने छु वाचा मेरो भो भन्थ्यौ
आएन जल अझै सायद मूल बेचिएछ।

पैसा गने सबैले को देख्छ दु;ख मेरो
भन्दैन सानू तेरो किन ढाड बाङ्गिएछ?

जो भन्दथ्यो सधैं मै मात्रै छु जान्ने सुन्ने
माग्दै सुझाब आयो सायद ऊ सुध्रिएछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *