विपद्का कारण कक्षा १२ का २७ विद्यार्थीको परीक्षा केन्द्र जुम्लामा कायम

डिसी नेपाल
२९ असोज २०७९ १९:१९

जुम्ला । बाढी पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुँदा कक्षा १२ को परीक्षा केन्द्र जुम्ला कायम गरिएको छ । जुम्ला घर भई विभिन्न जिल्लामा परीक्षा केन्द्र भएका विद्यार्थीको परीक्षर्थीको परिक्षा जुम्ला प्रशासनको पहलमा जुम्लामा कायम गरिएको हो । हवाइ जाहजले नियमित उडान नभर्ने र सडक अवरुद्ध भएपछि  २७ जना विद्यार्थी  परीक्षा केन्द्रमा पुग्न नसकेका हुन् ।

त्यस्तै कक्षा १२ का  २७ जना परीक्षार्थीका लागि परीक्षा नियन्त्रण कार्यालयको स्वीकृतिमा केन्द्र जुम्लानै बनाई परीक्षा दिने व्यवस्था मिलाईएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन् । उनका अनुसार परीक्षाको समयमा राजमार्ग पहिरोले अवरुद्ध भएको र हवाई जहाज अनियमित भएपछि विद्यार्थीको भविश्य अन्यौलमा नहोस् भन्दै प्रशासनले  पहल गरेको हो ।

यसका लागी परीक्षा नियन्त्रण कार्यालय राष्ट्रिय परीक्षा वोर्डलाई विकल्पका लागि अनुरोध गरिएको थियो । सोही अनुसार विपतको समयमा नियन्त्रण कार्यालयले जुम्लामा स्विकृति दिएको बताइन् । उनीहरूको परिक्षा चन्दननाथ नमुना विद्यालयमा हुनेछ ।

त्यस्तै परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक अर्जुन रायमाझीले कठिन परिस्थितिमा विद्यार्थीको भविश्यलाई मध्यनजर गर्दै स्थानीय प्रशासनको अनुरोधमा जुम्लामा परीक्षा सञ्चालन गर्न अनुमति दिइएको तथा पत्र समेत पठाइएको बताए  ।

परीक्षार्थी जान पाउनुपर्ने भन्दै विद्यार्थीले आन्दोलन गरेपछि स्थानीय प्रशासनको निगरानीमा २०६ जनाको नाम लिष्ट गरिएको थियो । जसमा लोकसेवाका विद्यार्थी ३८ जना, १३ जना खेलाडी, बिरामीसहितका अन्य विद्यार्थीलाई पठाइएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *