शेख रसेल कप चेसमा नेपालको दोस्राे हार

डिसी नेपाल
३१ असोज २०७९ ७:१४
48
Shares

काठमाडौं। शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपमा नेपालले दोस्राे हार व्यहोरेको छ। बंगलादेशको राजधानी ढाकामा जारी च्याम्पियनशीप अन्तर्गत आइतबार भएकाे चौथो राउण्डको खेलमा श्रीलंकासँग ०-५–३-५ ले हार व्यहोरेसँगै नेपाल अंक तालिकाको तेस्राे स्थानमा झरेको छ।

चौथो राउण्डमा नेपालका लागि सिंगेश्वर दास मात्र अंक जोड्न सफल भए। तेस्राे बोर्डमा प्रतिष्पर्धा गरिरहेका दासले आफ्नो अपराजित यात्रा कायम गर्ने क्रममा आफूभन्दा उच्च वरियताका श्रीलंकाली खेलाडी कालुआराचि अचिन्था सामेनलाई बराबरीमा रोक्न सफल भए।

पहिलो बोर्डमा प्रतिष्पर्धा गरेका फिडेमास्टर रिजेन्द्र राजभण्डारी श्रीलंकाली इन्टरनेशनल मास्टर डि सिल्भा एलएमएसटीसँग पराजित हुन पुगे । त्यसैगरी दोस्राे बोर्डको खेलमा फिडेमास्टर विलमलाल श्रेष्ठ अर्का फिडेमास्टर रनिन्दु दिलसान लियानागेसँग हार व्यहोर्न पुगे भने चौथो बोर्डमा खेलेका राजेन्द्रप्रसाद श्रेष्ठ लिसरा समाधिथ तेनाकुनसँग पराजित भए ।

चार राउण्डको समाप्तिमा आयोजक बंगलादेश ८ अंकका साथ शिर्ष स्थानमा कायम रहेको छ । त्यसैगरी श्रीलंका ६ अंकका साथ दोश्रो स्थानमा उक्लिन सफल भएको छ । समान चारचार अंक बनाएका नेपाल तथा पाकिस्तान क्रमशः तेश्रो तथा चौथो स्थानमा रहेका छन् ।

राउण्ड रोविन प्रणालीमा सञ्चालन भईरहेको च्याम्पियनशीपमा सोमबार लिग चरणका खेलहरु सम्पन्न हुनेछन् । पाचौं तथा अन्तिम राउण्डमा नेपालले आयोजक बंगलादेशको सामना गर्नेछ । सुपर लिग प्रवेशका लागि नेपालको गणितिय सम्भावना कायम नै रहेको छ । च्याम्पियनशीपको फम्र्याट अनुसार पहिलो चरणको लिगबाट शिर्ष ३ मा रहन सफल टोली सुपर लिगमा प्रवेश गर्नेछन् ।

सुपर लिगको विजेताले ४ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । त्यसैगरी उपविजेताले ३ हजार अमेरिकी डलर तथा तेश्रो हुनेले २ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । सुपर लिगमा प्रवेश गर्न नसकेपनि समग्रमा चौथो हुने टोलिले १ हजार अमेरिकी डलर नगद प्राप्त गर्नेछन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *