सिटीलाई लिभरपुलले हरायो

डिसी नेपाल
३१ असोज २०७९ ७:५५
84
Shares

काठमाडौं। इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीको अपराजि यात्रामा लिभरपुल तगारो बनेको छ। आइतबार राति भएको खेलमा लिभरपुलले सिटीलाई १-० ले पराजित गर्‍याे।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई खेलको ७६औं मिनेटमा मोहम्मद सलाहले निर्णायक गोल गरे। उनले गोलरक्षक एलिसनले रिलिज गरेको लामो प्रहारलाई उत्कृष्ट नियन्त्रण लिँदै गोल गरेका थिए।

रेफ्रीमाथि अभद्र ब्यवहार गरेपछि लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले दोस्रो हाफमा रातो कार्डको सामना गरेका थिए। हारसँगै सिटीले शीर्षस्थानको आर्सनलसँग अंक दूरी घटाउने अवसर गुमायो। लिभरपुल भने लयमा फर्किएको जनाउन सफल भयो

१० खेलबाट २३ अंक बटुलको सिटी पहिलो खेलमा हार बेहोर्दै दोस्रो स्थानमा छ। समान खेलबाट शीर्षस्थानको आर्सनलको २७ अंक छ। लिभरपुल नौ खेलबाट १३ अंक जोड्दै आठौं स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *