म्याराथन धाविका पुष्पा भण्डारी घाइते, खुट्टामा गरियाे प्लास्टर

डिसी नेपाल
१ कार्तिक २०७९ १४:५३
52
Shares

पोखरा। म्याराथन धाविका पुष्पा भण्डारी घाइते भएकी छन्। पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला म्याराथन प्रतियोगितामा दौडिरहेको बेला खुट्टामा चोट लागेर उनी घाइते भएकी हुन्।

करिब २० किलोमिटर दूरी पार गर्ने क्रममा उनको खुट्टा फ्याक्चर भएको हो। ‘२० किलोमिटर पार गर्दै थिँए, खुट्टा दुख्यो,’ उनले भनिन्,‘पहिला वास्ता गरिनँ, पछि अरू १० किलोमिटर कुदें ,त्यसपछि कुद्नै नसक्ने गरी दुख्यो अनि कुद्न सकिनँ।’

उनलाई पोखरास्थित अन्नपूर्ण हस्पिटलमा उपचार गरिएको छ। उनको गोलीगाँठोभन्दा तलको भागमा केही समस्या देखिएकाले प्लास्टर गरिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

पुष्पाले ११३औँ साग गेममा २ घन्टा ५० मिनेट ११ सेकेन्डमा म्याराथन पूरा गरी महिला म्याराथनमा पहिलो रजत पदक जितेकी थिइन्। उनी महिला म्याराथनतर्फ साग अन्तर्राष्ट्रिय पदक जित्ने पहिलो खेलाडी हुन्। एपीएफ क्लबमा आवद्व पुष्पाले यसपटक साग गेममा भन्दा राम्रो समय निकाल्ने तयारी भए पनि खुट्टामा चोट लागेका कारण आफ्नो सपना पूरा नभएको प्रतिक्रिया दिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *