पाकिस्तानविरुद्धको खेलअघि रोहित शर्माले के भने ?
काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले शनिबार पाकिस्तानसँगको खेलको बारेमा बयान दिएका छन् । टी–२० विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीचको पहिलो खेल आइतबार हुँदैछ । खेलको एक दिनअघि पत्रकार सम्मेलनमा रोहित शर्मालाई बीसीसीआई र पीसीबीबीचको विवादबारे पनि प्रश्न गरिएको थियो ।
वास्तवमा भारतले सन् २०२३ मा हुने एसिया कपका लागि पाकिस्तान जान अस्वीकार गरेको छ । यस्तो अवस्थामा पाकिस्तान क्रिकेट बोर्डले भारतमा हुने एकदिवसीय विश्वकपबाट पनि बच्न सक्ने संकेत दिएको छ ।
यस प्रश्नमा रोहित शर्माले भने, “अहिले हामी विश्वकपमा छौं किनभने यो हाम्रो लागि बढी महत्त्वपूर्ण छ। हामी पछि के हुन्छ भनेर चिन्तित छैनौं। यसबारे सोच्नुको कुनै अर्थ छैन। यसबारे बीसीसीआइले निर्णय लिनुपर्छ। हाम्रो ध्यान अहिले भोलिको खेलमा केन्द्रित छ।”
खेलका बारेमा रोहित शर्माले टोलीका सबै खेलाडी फिट रहेको बताए ।
उनले भने, “यदि वर्षाको सम्भावना छ भने टस बढी महत्त्वपूर्ण हुन्छ। मैले मेलबर्नको मौसमको बारेमा धेरै सुनेको छु, तर यो फरक छ। भोलि के हुन्छ हेरौं। यदि केहि प्रतिकूल अवस्था आयो भने खेल ओभर घटाउन सकिन्छ।”
पाकिस्तानसँगको खेलमा दबाबको प्रश्नमा रोहित शर्माले भने, “म दबाब शब्द प्रयोग गर्न चाहन्न, तर यो रहन्छ। यो कहिल्यै परिवर्तन हुँदैन। म यसलाई चुनौतीका रूपमा लिन चाहन्छु। सन् २००७ देखि २०२२ सम्म पाकिस्तानका सबै टोली निकै चुनौतीपूर्ण रहे। पछिल्लो विश्वकपमा पाकिस्तानले राम्रो खेलेको थियो। उसले हामीलाई हराएको थियो।
रोहित शर्माले आवश्यक परे हरेक खेलमा प्लेइङ ११ परिवर्तन गरिने बताए । उनले भने, ‘हामी विगत ९ वर्षमा आईसीसीका ठूला प्रतियोगिता जित्न नसकेकोमा अलिकति निराश छौं।
No ads found for this position


डिसी नेपाल
Facebook Comment