बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

डिसी नेपाल
१० कार्तिक २०७९ ७:५२

काठमाडौं। स्पेनिस क्लब बार्सिलोना युईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ।

बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग ३-० ले पराजित भएपछि बार्सिलोना तेस्रो स्थानमा रहदै च्याम्पियन्स लिगबाट बाहिरिएको हो। यस सङै बार्सिलोनाले युरोपा लिग खेल्नेछ।

बायर्नको जितमा साडियो माने, मोटिङ र बेन्जामिन पाभार्डले एक-एक गोल गरे।

जितसँगै बायर्न ५ खेलमा १५ अंक जोडेर शीर्ष स्थानमा रह्यो । समूह ‘सी’ को बाट इन्टर मिलान अन्तिम १६ मा प्रवेश गर्‍यो ।बार्सिलोना ४ अंक जोडेर तेस्रो स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *