भारतीय क्रिकेट बोर्डको ठूलो घोषणा, महिला र पुरुष खेलाडीको पारिश्रमिक बराबर
काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले महिला क्रिकेटरका लागि ठूलो घोषणा गरेका छन् । जय शाहले ट्विट गर्दै अब महिला क्रिकेट खेलाडीले पनि पुरुष खेलाडी सरह म्याच फी पाउने बताएका छन् ।
उनले ट्वीट गरे, “मलाई यो घोषणा गर्न पाउँदा खुसी लागेको छ कि बीसीसीआइले भेदभाव उन्मूलन गर्ने दिशामा पहिलो कदम चालेको छ। हामीले बीसीसीआइसँग सम्झौता गरेका क्रिकेटरहरूको तलब इक्विटी नीति लागू गर्दैछौं। पुरुष र महिला दुवै समान क्रिकेटरको म्याच शुल्क बराबर हुनेछ।”
जय शाहले अर्को ट्वीटमा लेखेका छन्, “बीसीसीआई महिला क्रिकेटरलाई पनि पुरुष क्रिकेटर सरह म्याच फी दिइनेछ। टेस्ट म्याचका लागि १५ लाख रुपैयाँ, एकदिवसीयका लागि ६ लाख रुपैयाँ र टी-२० खेलका लागि ३ लाख रुपैयाँ। पे-इक्विटी। महिला खेलाडीहरूप्रति हाम्रो प्रतिबद्धता थियो र म सर्वोच्च परिषदलाई उनीहरूको समर्थनको लागि धन्यवाद दिन्छु।”
यस वर्षको जुलाईमा न्युजिल्यान्ड क्रिकेट बोर्डले महिला क्रिकेटरलाई पुरुष खेलाडीको बराबर तलब दिने निर्णय गरेको थियो । बोर्डले महिला क्रिकेटरसँग पाँच वर्षको सम्झौता हुने र पुरुष खेलाडी सरह म्याच फी दिने बताएको थियो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment