नेपालले युएईसँग मैत्रीपूर्ण खेल खेल्ने

डिसी नेपाल
१५ कार्तिक २०७९ ७:४४
1.6k
Shares

काठमाडौं। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले युनाइटेड अरब इमिरेट्स (युएई)सँग एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले १४ नोभेम्बर देखि कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा श्रृंखला हुने जानकारी दिएको हो।

नेपालले १४, १६ र १८ नोभेम्बरमा गरी तीन खेलको शृंखला खेल्ने छ। नेपाली राष्ट्रिय टिमका निवर्तमान कप्तान सन्दीप लामिछाने बलात्कारको मुद्दामा थुनामा छन् । यो शृंखलाका लागि क्यानले नयाँ कप्तान चयन गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *