पहिलो जितको खोजीमा तीन क्लब, एपिएफको चाहना लगातार दोस्रो जित
काठमाडौँ। प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज (मंगलबार) दुई खेल हुँदैछन्।
कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा प्रदेश एक र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। दुबै टोली पहिलो जितको खोजीमा छन्। दुबै टोली पहिलो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएका थिए।
मुलपानी क्रिकेट मैदानमा हुने दोस्रो खेलमा बिभागीय टोली एपिएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच भिडन्त हुनेछ। पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको एपिएफ दोस्रो जितको दाउमा छ। गण्डकी प्रदेशसँग पहिलो खेल हारेको सुदूरपश्चिम भने पहिलो जितको खोजीमा छ।
दुबै खेल विहान सवा ९ बजे सुरु हुनेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment