गठबन्धन ब्यानरका लागि होइन, व्यवस्थाका लागि होः सञ्चारमन्त्री कार्की

डिसी नेपाल
१८ कार्तिक २०७९ २०:५३

सुनसरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वाम–लोकतान्त्रिक गठबन्धन ब्यानरका लागि नभएर व्यवस्थालाई सुदृढ बनाउनका लागि गठन भएको बताएका छन् । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको सन्दर्भमा सुनसरीको रामधुनी नगरपालिका–४ स्थित लालपुरमा आज आयोजित सभामा मन्त्री कार्कीले संविधानको रक्षा र लोकतन्त्रलाई बलियो बनाउन गठबन्धनको आवश्यकता परेको स्पष्ट पारे । उनले संविधान जीवन्त दस्तावेज भएको र यसलाई समायनुकूल संशोधन गर्न सकिने बताए ।

सुनसरी निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका कार्कीले अबको १० वर्षमा नेपाल दक्षिण एसियाको धनी राष्ट्र बन्ने दाबी गरे । मन्त्री कार्कीले भने, “जलस्रोत, पर्यटन र कृषिको व्यावसायिकीकरण गरी मुलुकलाई समृद्ध बनाउन सकिन्छ ।” उनले विगतमा जनतासँग आफूले गरेको वाचाको ८० प्रतिशत पूरा गरेको दाबी गरे । मन्त्री कार्कीले रामधुनीदेखि झुम्कासम्मको नौ किलोमिटर सडक स्तरोन्नति गर्ने प्रतिबद्धता जनाउँदै ऐतिहासिक रामधुनी मन्दिरको पर्यटक आउने सक्ने किसिमको पूर्वाधारको विकास गरिने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *