गृहजिल्लाबाट धनगढी फर्किए देउवा

डिसी नेपाल
२० कार्तिक २०७९ १९:३६

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेलल्धुरामा चुनावी प्रचार गरेर आज धनगढी फर्किएका छन् ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यको प्रत्यासी रहनुभएका प्रधानमन्त्री देउवाले डडेल्धुरामा आयोजित सात ठाउँका चुनावी सभालाई सम्बोधन गरेका थिए ।

देउवा चुनावी प्रचार प्रसारका लागि यही कात्तिक १७ गते डडेलधुरा पुगेका थिए । प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री देउवा डडेलधुराबाट फर्किएर धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नै निजी निवासमा पार्टीका नेता कार्यकर्तासँगको भेटघाट थालेका छन् ।

प्रधानमन्त्री देउवा सोमबार काठमाडौँ फर्किने वा नफर्किने भन्नेबारे अहिल्यै टुङ्गो लागि नसकेको स्वकीय सचिव देउवाले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *