आर्सनलद्वारा चेल्सी पराजित
काठमाडौं। इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार भएको लन्डन डर्बीमा चेल्सीलाई १-० अन्तरले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा फर्किएको छ।
स्टामफोर्ड ब्रिजमा भएको खेलमा ग्राबियल मेघाल्हेसले ६३औं मिनेटमा गरेको निर्णायक गोलमा आर्सननले चेल्सीमाथि १-० को अवे जित हासिल गर्यो।
जितपछि आर्सनल १३ खेलमा ३४ अंक जोड्दै प्रिमियर लिग अंक तालिकाको शीर्ष फर्किएको छ। जारी सिजनमा लय गुमाएको चेल्सी भने २१ अंकमा सीमित हुँदै सातौं स्थानमा झरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment