सूर्यकुमार यादवलाई आफूसँग तुलना गरिएपछि एबी डिभिलियर्सले के भने?
काठमाडौं । अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा भारतले समूह चरणका पाँचमध्ये चार खेल जितेर सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको खेलमा भारतले जिम्बावेलाई ७१ रनले हराएको थियो, यो खेलमा भारतले १८६ रन बनाएको थियो र यो स्कोर बनाउन सबैभन्दा महत्त्वपूर्ण भूमिका ब्याट्सम्यान सूर्यकुमार यादवको थियो जसले २५ बलमा ६१ रन बनाएका थिए ।
समूहका पाँच खेलमा ब्याट्सम्यान सूर्यकुमार यादवले तीनमा ५० वा सोभन्दा बढी रन बनाएका छन् र त्यो पनि धुवाँदार ढंगले ।
आइतबार सूर्यकुमारले ६ चौका र चार छक्का प्रहार गरे । उनलाई क्रिकेटको नयाँ मिस्टर ३६० डिग्री भनिन्छ, जुन दक्षिण अफ्रिकाका पूर्व ब्याट्सम्यान एबी डिभिलियर्सका लागि प्रयोग गरिएको ‘उपनाम’ हो।
सूर्यकुमारको यो बलियो इनिङ्सको जवाफ दिँदै एबी डिभिलियर्सले आफैं भनेका छन्, ‘तिमी यो दिशामा धेरै छिटो अघि बढ्दै छौ, मभन्दा पनि अगाडि बढ । आज धेरै राम्रो खेल्यौ।”
एबी डिभिलियर्ससँग तुलना गर्दा सूर्यकुमारले यस संसारमा एक मात्र मिस्टर ३६० डिग्री खेलाडी रहेको र म उनीजस्तै खेल्न चाहन्छु भनेका छन् ।
सूर्यकुमार यादवले विपक्षी बलरलाई त्रासको स्थिति बनाएका छन् । उनी एक वर्षमा १ हजार टी-२० रन पूरा गर्ने पहिलो भारतीय र विश्वका दोस्रो ब्याट्सम्यान हुन्। उनीअघि पाकिस्तानका मोहम्मद रिजवानले १ वर्षमा हजारभन्दा धेरै टि-२० रन बनाएका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment