विरोध खतिवडामाथि कुटपिट भएको होइन, भ्रम नफैलाउँः गठबन्धन

डिसी नेपाल
२२ कार्तिक २०७९ २०:०७

काठमाडौं । पूर्व मन्त्री एवम गठबन्धनका मकवानपुर २ का प्रतिनिधिसभाका उम्मेदवार विरोध खतिवडामाथि कुटपिट भएको भन्ने समाचारको गठबन्धनले खण्डन गरेको छ ।

गठबन्धनले संयुक्त विज्ञप्ती निकाल्दै सञ्चारमाध्यम आएका समाचारलाई भ्रमपूर्ण भनेको छ । मनहरीका नेपाली कांग्रेसका सभापति प्रकाश बर्तौला, नेकपा माओवादी केन्द्रका सचिव सञ्जीव पाठक र नेकपा एसका अध्यक्ष नारायण श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै समाचारको खण्डन गरेका छन् ।

मनहरी गाउँपालिकामा गठबन्धनले आयोजना गरेको संयुक्त चुनावी सभामा खतिवडा आएलगत्तै एक स्थानीयले अत्याधिक मदिरा सेवन गरी आएको तर उनी आफैं लडेर घाइते भएको विज्ञप्प्तीमा भनिएको छ । उक्त व्यक्तिलाई उपचारका लागि अस्पताल पठाइएको जनाइएको छ । ति व्यक्ति मनहरी गाउँका स्थानीय समेत नरहेको र माओवादीका कार्यकर्ता समेत नरहेको समेत बताएको छ ।

केहि समय अघि विरोध खतिवडामाथि माओवादीका कार्यकर्ताद्वारा कुटपीट भन्ने समाचार बाहिरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *