उद्योग वाणिज्य संघद्धारा आगलागी पीडितलाई आर्थिक सहयोग

डिसी नेपाल
२२ कार्तिक २०७९ २२:२५
24
Shares

घोराही । जिल्ला उद्योग वाणिज्य सङ्घ दाङले आगलागीबाट पीडितलाई आर्थिक सहयोग गरेको छ ।

सङ्घले आज एक कार्यक्रम आयोजना गरी यही कात्तिक ७ गते घोराही उपमहानगरपालिका–१५ मा फर्निचर उद्योगमा भएको आगलागीका पीडितलाई आर्थिक सहयोग प्रदान गरेको हो ।

आगोलागीबाट पीडित तीन व्यवसायीलाई सङ्घले रु पाँच लाख २३ हजार सहयोग गरेको हो । सङ्घले व्यवसायी सुरक्षित कोषबाट रु तीन लाख तथा सङ्घको कार्यसमिति तथा उद्योगी व्यवसायीबाट सङ्कलित रु दुई लाख २५ हजार सहयोग गरेको सङ्घका जिल्ला अध्यक्ष टङ्कसिँह बुढाथोकीले जानकारी दिए। तीनै व्यवसायीलाई जनही रु एक लाख ७४ हजार सहयोग गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *