तेस्रो जितको दाउमा नेपाल

डिसी नेपाल
२३ कार्तिक २०७९ ९:३६
288
Shares

काठमाडौँ। साफ यु-१५ महिला च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले आज (बुधबार) भुटानको सामना गर्दैछ। नेपाल र भुटानबीचको खेल बंगलादेश राजधानी ढाकास्थित बिएसएसएस मुस्तफा कमल मैदानमा साझ सवा ४ बजे सुरु हुनेछ।

प्रतियोगितामा नेपाल भुटानसँग दोस्रो पटक खेल्न लागेको हो। डबल राउण्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानलाई ७–० अन्तरले पराजित गरेको थियो। वर्षा ओलीले एक्लै चार गोल गरेपछि नेपालले सहज जित पाएको थियो।

यसैगरी नेपालले दोस्रो खेलमा आयोजक बंगलादेशलाई १–० अन्तरले पराजित गरेको थियो। वर्षा ओलीले ८७औं मिनेटमा निर्णायक गोल गरेपनि नेपाल लगातार दोस्रो खेल जित्न सफल भएको थियो।

भगवती रानामगरको प्रशिक्षणमा रहेको नेपाली टोली लगातार तेस्रो जित निकाल्ने दाउमा छ। प्रतियोगिताको शीर्षस्थानमा रहने टोली स्वतः च्याम्पियन हुने प्रावधान रहँदा नेपाल भुटानविरुद्ध खेल जित्दै शीर्षस्थानमा फर्कन चाहन्छ।

दीपा रोकायाको कप्तानीमा रहेको नेपालले दुई खेलबाट ६ अंक जोडेको छ। तीन खेलबाट समान ६ अंक जोडेको बंगलादेश गोलअन्तरको आधारमा शीर्षस्थानमा छ। अंकविहिन भुटान भने उपाधि दौडबाट बाहिरिसकेको छ।

नेपाली टोलीः
गोलकिपरः राधिका ओली, सुजता तामाङ, रुपा धिमाल
रक्षकः सिता रोकाया, दिपा मगर, अञ्जना पुन मगर, अमिता भुल, विपना स्नेही ,रेणु लिम्बु, डोल्मा लामा
मिडफिल्डरः सिम्रन राई, पुनम चेम्जोङ, भाजना परियार, सबिता मण्डल, भुमिका बुढाथोकी, सुशिला केसी, सुक्रिया मिया, रेबिका नेपाली, मनिषा सेन
स्ट्राइकरः दिपा रोकाया (कप्तान), समिक्षा मगर, वर्षा ओली, सेनु परियार


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *