भूकम्पले डोटीको गैरागाउँमा पुर्‍याएको क्षति (फोटोफिचर)

डिसी नेपाल
२३ कार्तिक २०७९ १३:३४

डोटी । बुधबार बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु रहेको ६.६ म्याग्निच्युडको भूकम्पका कारण डोटीमा घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

घर भत्किँदा जिल्लाको पूर्वी चौकी गाउँपालिका ३ गैरा गाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भूकम्पले पूर्वी चौरमा ठूलो क्षति पुर्‍याएको छ ।

मङ्गलबार राति ९ बजेर ७ मिनेटमा सोही ठाउँ केन्द्रबिन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पाँच घण्टाको फरकमा पटक पटक गरी ७ पटक भूकम्पको झट्का गएको थियो ।

 

 

तस्बिरः गणेशबहादुर मौनी\रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *