चेल्सीलाई हराउँदै सिटी चौथो चरणमा
काठमाडौं। रियाद मेहराज र जुलियन अल्भारेजको गोलमा म्यानचेस्टर सिटीले प्रिमियर लिग प्रतिद्वन्द्वी चेल्सीलाई २-० अन्तरले पराजित गर्दै काराबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ।
पहिलो हाफमा दुबै टोलीले पाएको मौका सदुपयोग गर्न सकेनन्। सिटीका ज्याक गे्रअलिस र १८ वर्षीय मिडफिल्डर लेविस हलले पाएको मौका सदुपयोग गर्न सकेनन्। सिटीले घरेलु मैदानमा सुधारिएको खेल देखाउँदै गोल गर्न सफल भयो।
दोस्रो हाफमा पाएको फ्रिकिकलाई मेहराजले उत्कृष्ट गोल गरे। यससँगै सिटीले खेलको ५३औं मिनेटमा अग्रता लियो। अल्भारेजले ५८औं मिनेटमा गोल गर्दा सिटी सहज जिततर्फ अग्रसर भयो।
आठ पटकको च्याम्पियन पेप ग्वार्डिओलाको सिटीले तेस्रो चरणमा अहिले सम्म पराजित हुनु परेको छैन।
पहिलो हाफमा क्रिस्टियन पुलिसिकले दुई मौका गुमाउँदा चेल्सी हारमा बाध्य भयो । दोस्रो हाफमा समेत चेल्सी भाग्यमानी रहन सकेन। दोस्रो हाफमा सिटीका पूर्व खेलाडी रहिम स्टर्लिङ मैदान प्रवेश गरेपनि कुनै जादु देखाउन सकेनन्।
यससँगै ग्राहम पोटरको नेतृत्वमा रहेको चेल्सीले पछिल्लो सात खेलमा दुई खेलमात्रै जितेको छ । शनिबार चेल्सीले प्रिमियर लिगमा तेस्रो स्थानमा रहेको न्युक्यासल युनाइटेडसँग खेल्दैछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment