आचारसंहिता विपरितका प्रचारप्रसार सामग्री हटाउन बाँके प्रशासनलाई निर्देशन
काठमाडौँ। निर्वाचन आयोगले आचारसंहिता विपरितका प्रचारप्रसार सामग्री हटाउन जिल्ला प्रशासन कार्यालय बाँकेलाई निर्देशन दिएको छ।
जनता समाजवादी पार्टी नेपालको वडा इकाई समितिको कार्यालय नेपालगञ्जमा निर्वाचन आचारसंहिता विपरीतका राखिएको दलका उम्मेदवारको फोटो तथा चुनाव चिन्हसहितको फ्लेक्स र निर्वाचन चिन्हको तोरण हटाउन भनिएको हो।
निर्वाचन आचारसंहिता अनुसार उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाइएको ३ ×४ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह राख्न बाहेक सामग्री प्रदर्शन गर्न पाइदैन।
तर जनता समाजवादीले आचारसंहिताविपरीत फोटो तथा चुनाव चिन्ह सहितको फ्लेक्स र निर्वाचन चिन्हको तोरण बनाई राखेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment