स्वारेज र काभानी चौथो पटक विश्वकप खेल्दै

डिसी नेपाल
२५ कार्तिक २०७९ ९:०७
1.5k
Shares

काठमाडौँ। उरुग्वेले भेट्रान स्ट्राइकर लुइस स्वारेज र एडिसन काभानीलाई समावेश गर्दै कतार विश्वकप २०२२ का लागि २६ सदस्यीय टोलीको घोषणा गरेको छ।

यससँगै स्वारेज र काभानी लगातार चौथो पटक विश्वकपमा सहभागी हुने भएका छन्। कुर्कुच्चाको चोटका कारण काभानीले विश्वकप खेल्ने वा नखेल्नेमा दुबिधा थियो। यस सिजन उनले स्पेनिस ला लिगामा भ्यालेन्सियाबाट १४ खेलमध्ये एक खेलमा मात्र पूर्ण समय मैदान उत्रिएका छन्।

स्वारेजले सेप्टेम्बरमा सम्पन्न दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पनि टोलीमा स्थान बनाएका थिए। यसैगरी रियल मड्रिडका फेर्डिको भाल्भार्डेले पनि टोलीमा स्थान बनाएका छन्।

समूह एच मा रहेको उरुग्वेले २४ नोभेम्बरमा दक्षिण कोरिया, २८ नोभेम्बरमा पोर्चुगल र २ डिसेम्बरमा घानाको सामना गर्नेछ ।

उरुग्वेको टोलीः
गोलकिपरः फर्नान्डो मुसलेरा, सर्जियो रोचेट, सेबास्टियन सोसा

रक्षकः रोनाल्ड अरुजो,मार्टिन कारेस, सेबास्टियन कोट्स, जस जिमिनेज, डिएगो गोडिन, माटियास ओलिभियरा, जस लुइस रोर्डिग्वेज, ग्युलेर्मो भारेला,माटियास विना

मिडफिल्डरः जर्जियान डी आरास्केट, रोर्डिगो बेटानकुर, निकोलस डी ला क्रुज, लुकास टोरिरा, म्यानुअल गार्टे, फेर्डिको भाल्भार्डे, माटियास भिनिसियो

स्ट्राइकः अगस्टिन कानाबायो, इडिसन काभानी, म्याक्सि गोमेज, डार्विन नुनेज, फाकुन्डो पिलेस्ट्रि,लुइस स्वारेज, फाकुडो टोरेस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *