दलहरुले समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोग गरेः पूर्व राजदुत उपाध्याय

डिसी नेपाल
२६ कार्तिक २०७९ १९:२६

काठमाडौं । पूर्व राजदुत दीपकुमार उपाध्यायले नेपालका राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोग गरिरहेको आरोप लगाएका छन् ।

डिसी नेपालको ‘द ब्रिज टक’ कार्यक्रममा उनले दलहरूले समानुपातिक प्रणालीलाई आसेपासेको भर्ति केन्द्र बनाएको भन्दै  यस्तो आरोप लगाएका हुन् ।

उनले नेताहरुले आफ्नो निजि स्वार्थमा गठबन्धन गरेको बताउदै सिद्धान्त र धारणा नमिल्ने पार्टीहरु समेत एक ठाउँमा रहने गठबन्धनको कुनै ओचित्य नरहने बताए ।

नेपाली कांग्रेसका नेता समेत रहेका उपाध्यायले हालको गठबन्धनमा आफ्नो कुनै समर्थन नरहेको बताए । साथै,उनले लोकतन्त्रमा विश्वास गर्ने कोहिपनि यस्तो गठबन्धनको पक्षमा नरहेको भन्दै त्यसको परिणाम निर्वाचनमा देखिने स्पष्ट पारे । अहिले भएको गठबन्धनलाई उनले अनैतिक गठबन्धनको संज्ञा दिए ।

कार्यक्रममा बोल्दै उनले अहिलेको अवस्थामा नेपाली कांग्रेस एक्लै निर्वाचन लडेको अवस्थामा पनि स्वतः पहिलो पार्टी भन्ने दाबी गरे ।

यसैगरि उनले नेपाली कांग्रेसमा टिकट वितरणमा समेत आफुसँग कुनै छलफल नगरिएकोमा दुखेसो पोख्दै नेपाली कांग्रेससँग संवादहिनताको अवस्था रहेको बताए ।

निर्वाचन पछि नेपाली कांग्रेसमा ठूलो सुधारको आवश्यकता रहेको बताएका उपाध्यायले आफुले त्यसका लागि प्रयास गर्ने बताए । ‘नेपाली कांग्रेस यसरी चल्दैन । नेपाली कांग्रेसका दुई युवा महामन्त्रीहरुले समेत अपेक्षकृत काम गर्न नसकेको भन्ने आम कार्यकर्ताको गुनाँसो रहेको छ । यसलाई सुधार्नुपर्ने देखिएको छ‘उनले भने ।

आफ्नो निर्वाचनले क्षेत्रमा पुगेका उपाध्यायले जनतामा ठूलो निराशा देखिएको बताए । ‘नेताहरुमा दुरदर्शीता कम देखिन्छ, जनतामा भ्रम पार्नेकाममा मात्र तल्लीन रहेका नेताहरु । तर, युवाहरुमा ठूलो निराशा चाहिरहेको छ । यसबारे नेताहरुले सोच्नुपर्ने बेला आएको छ’, उनले भने ।

यस्तै, नेताहरुले आफुहरुले निर्णय गरे जनताले समेत मान्छन् भन्ने सोच्नु मानव चेतनाको अबमूल्यन रहेको भन्दै त्यसको जवाफ यसपाली जनताले दिने दाबी गरे ।

अहिलेको निर्वाचनमा प्राय सबै राजनीति दलले कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको एजेण्डालाई अगाडी बढाएको भन्दै देशलाई अधिनायकवादमा लग्न खोजीएको आरोप लगाए । साथै, नेपाली जनता समयमा सतर्क नभए देशमा अन्तरसंघर्ष चर्किने भन्दै उनले भने–‘यदि यसै भयो भने देशमा अन्तराष्ट्रिय शक्तिले खेल्ने ठाउँ पाउँछन्’ ।

ज्ञानको आधारभूमी देशलाई प्रयोगशाला बनाइरहेको नेताहरुले अहिलेको व्यवस्था सफल हुनसकेन भनेर नयाँ प्रयोग गरेर देशलाई कार्यकारी तिर लान खोजिएको संकेत स्पष्ट पारे ।

भारतका लागि नेपाली राजदुत भएका उपाध्यायले नेपालमा संस्थागत निति र कुटनीतिक अपरिपक्वता रहेको भन्दै सुरक्षा निति र परराष्ट्र नितिलाई सुपरिभाषित गर्नुपर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *