पछिल्लो २४ घण्टामा नौं जनामा कोरोना संक्रमण

डिसी नेपाल
२८ कार्तिक २०७९ १८:०५

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ सय २५ जनामा गरिएको परीक्षणमा नौ जनामा संक्रमण पुष्टि भएको हो ।

६७२ जनामा गरिएको पीसीआर परीक्षणमा आठ जना र ७५३ जनामा गरिएको एन्टीजेन परीक्षणमा एक जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा २३ जना संक्रमणमुक्त भएका छन् ।

आज थपिएकासँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४९९ रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *