चितवन पुगेर दिपाश्रीले भनिन्– रवि दाई तपाई ढुक्क भएहुन्छ

डिसी नेपाल
१ मंसिर २०७९ १८:०५

काठमाडौं । कलाकार तथा निर्देशक दिपाश्री निरौलाले चितवन पुगेर रवि लामिछानेको पक्षमा भोट मागेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आज चितवनको नारायणी तिरमा आयोजना गरेको चुनावी सभामा पुगेकी निरौलाले आफु रविको फ्यान भएको भन्दै घण्टीमा भोट हाल्न आह्वान गरेकी हुन् ।

उनले देशमा रहेका विकृतीलाई हटाउनका लागि रविसँग आफु आशावादी रहेको बताइन् । साथै, उनले रविले देशभर घण्टी बजाइसकेको भन्दै जनतालाई ढुक्क भएर मतदान गर्न आग्रह गरेकी थिइन् ।

‘रवि दाई तपाईं ढुक्क भएर बस्नुहोस । चितवनवासी तपाईंको साथमा छन्,’उनले भनिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *