रवि लामिछानेमा राजनेता बन्ने क्षमता छः अभिनेता रमेश उप्रेती

डिसी नेपाल
१ मंसिर २०७९ १८:४५

काठमाडौं । अभिनेता रमेश उप्रेतीले चितवन पुगेर रवि लामिछानेको पक्षमा भोट मागेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आज चितवनको नारायणी तिरमा आयोजना गरेको चुनावी सभामा पुगेका उप्रेतीले रवीमा राजनेता बन्न सक्ने क्षमता रहेको दाबी गरेका थिए ।

उनले वर्षौ देखि देशले राज नेता खोजिरहेको उल्लेख गर्दै आफुले त्यो क्षमता रविमा देखेको बताए । साथै, उनले नेपाली जनताले २०४६ साल देखि आजसम्म केहि नपाएको भन्दै आक्रोश पाेखेका थिए । उप्रेतीले देशभरी घण्टीको लहर आएको भन्दै यसपालीको चुनावमा ठूलो परिवर्तन देखिने उल्लेख गरेका थिए ।

चुनावी सभामा कलाकार दिपाश्री निरौला, निर्मल शर्मा, किरण केसी, आसिफ साह लगायतका कलाकारहरुको सहभागिता रहेको थियो ।

साझँको समयमा भएको चुनावी सभामा हजारौंको संख्यामा चितवनबासीको उपस्थीती रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *