मुलुकभर निर्वाचन जारी, अवस्था कस्तो ? {भिडियो}

डिसी नेपाल
४ मंसिर २०७९ १०:३६

काठमाडौं । मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको छ । देशभर छिटपुट घटनाबाहेक मतदान शान्तिपूर्ण मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ । मतदाताले निर्वाचनका लागि तयार गरिएको चार वटा बेग्लाबेग्लै मतपत्रमा स्वस्तिक छाप लगाउनुपर्नेछ ।

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता रहेका छन् । त्यस्तै निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । मतदान अपराह्न ५ बजेसम्म चल्नेछ ।

भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *