बढ्यो रविको रफ्तार, कति पुग्यो मतान्तर ?

डिसी नेपाल
६ मंसिर २०७९ १९:५२

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रतालाई फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणाअनुसार लामिछानेले ६ हजार ४ सय १ मत प्राप्त गरेका छन् । उनले एमालेका पोखरेललाई १७ सय ६५ मतले पछि पारेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णभक्त पोखरेल ४ हजार ६ सय ३६ मतसहित लामिछानेलाई पछ्याइरहेका छन् । यस क्षेत्रमा कांग्रेसका उमेश श्रेष्ठ ४ हजार १ सय ६५ मतसहित तेस्रो स्थानमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *