नुवाकोट–१ मा माओवादीका तामाङ विजयी

डिसी नेपाल
९ मंसिर २०७९ १९:५५

नुवाकोट । नुवाकोट–१ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ निर्वाचित भएका छन् ।

तामाङले २३ हजार ६८३ मत ल्याएर विजयी हुँदा एमालेका बद्री मैनालीले २० हजार ९८२ मत पाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रद्युम्न महत क्षेत्रीले ५ हजार ९३८ मत ल्याउँदा राप्रपा सुदर्शन सिटौला १ हजार ४८० मत ल्याएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *