सोबिताले लिइन निर्वाचित भएको प्रमाणपत्र

डिसी नेपाल
११ मंसिर २०७९ १५:१७

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतमले प्रमाणपत्र ग्रहण गरेकी छन् ।

उनलाई आज निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको प्रमाणपत्र दिएको हो ।

२७ वर्षीय गौतम एमालेका मणिराम फुयाललाई पछि पार्दै निर्वाचित भएकी हुन ।

यस क्षेत्रबाट माओवादी केन्द्रकी ओनसरी घर्ती समेत उम्मेवार थिइन् । उनले ९ हजार ४ सय ४९ मत मात्र ल्याएकी थिइन् ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *