राजीनामा दिने तयारीमा उर्जामन्त्री भुसाल

डिसी नेपाल
१२ मंसिर २०७९ १३:४३
840
Shares

काठमाडौं। निर्वाचनमा पराजित भएपछि उर्जामन्त्री पम्फा भुसालले राजीनामा दिने तयारी गरेकी छन्। निर्वाचनमा पराजित भइसकेपछि पनि राजीनामा नदिएको भन्दै आलोचना भइरहेका बेला उर्जामन्त्रीले राजीनामा दिने तयारी गरेको उनको सचिवालयले जनाएको छ।

ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले उर्जामन्त्री भुसाललाई पराजित गरेकी थिइन्। निर्वाचनमा भुसाल तेस्रो भएकी थिइन्। उनले सोमबार नै राजीनामा दिने वा मंगलबार दिने भन्ने निश्चित नभए पनि मंगलबारसम्ममा राजीनामा दिइसक्ने स्रोतले बताएको छ।

निर्वाचनमा उर्जामन्त्री भुसालसँगै गृहमन्त्री बालकृष्ण खाँण, खानेपानी मन्त्री उमाकान्त चौधरी, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, खेलकुद मन्त्री महेश्वर गहतराज पराजित भएका छन्। पराजित भइसकेपछि पनि राजीनामा नदिएको भन्दै उनीहरुको आलोचना भइरहेको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *