पुनः मतगणना गर्ने कार्कीको प्रस्ताव निर्वाचन आयोगले गर्यो अस्विकार, मतगणना सुरु गर्न निर्देशन
सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा स्थगित मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मत गणना गर्न आयोग समक्ष निवेदन दिएकोमा आयोगले मन्त्री कार्कीको माग अस्वीकार गर्दै मतगणनालाई निरन्तरता दिन निर्देशन दिएको निर्वाचन कार्यलयका सहायक–निर्वाचन अधिकृत मोहनबहादुर अधिकारीले जानकारी दिए ।
आइतबारदेखि यहाँको मतगणना रोकिएको थियो । बराहक्षेत्र ८ को मतगणना हुँदै गर्दा ब्यालेटभित्र नभएको ६ सय मत नेकपा एमाललेको पक्षमा जोडिएको आरोप लगाउँदै मतगणना रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माग गरेका थिए ।
बराहक्षेत्र नगरपालिकाका १० र ११, भोक्राहाका ७ र ८, हरिनगराका ६ र ७, कोशी गाउँपालिकाका ५ र ६ गरी ८ वटा वडाको मत गणना गर्न बाँकी छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment