आपतविपतमा नेपालीलाई सहयोग गर्न माल्टमा परोपकारी संस्था गठन
लण्डन। माल्टामा बसोबास गरिरहेका नेपालीहरूलाई परेको आपतविपतमा साहरा बन्ने उद्देश्यका साथ हालै “नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन” नामक परोपकारी संस्था गठन गरिएको छ।
भइपरि आउने विविध समस्या समाधान गर्नको लागी ‘हेल्प द नेप्लिज पिपल्स ईन माल्टा,भन्ने मुख्य नारा लिएर नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन गठन भएको छ।
एनआरएनए माल्टाका निबर्तमान उपाध्यक्ष एबं सफल ब्यावसायी प्रकाश भण्डारीको संयोजकत्वतमा गठन गरिएको संस्थाको उपसंयोजकमा रेमलाल खनाल,जिके शर्मा,प्रकाश थापा,उपेन गिरी,शर्मिला बस्नेत , शुभाष तिमल्सिना,रिना कार्की,प्रेम बहादुर लिम्बु र मधु गुरुङ रहेका छन् भने सदस्यहरूमा हरीप्रकाश बिश्वकर्मा,राजेन्द्र भण्डारी,टिका प्रसाद श्रेष्ठ,तेज माझी,गंगा बहादुर पुन,उदय श्रेस्ठ,सन्जिव पौडेल,रोशन सिजापती,अम्वर बिस्ट,राजेन्द्र बिस्ट,राजेश पंगेनी,शंखर खत्री,भगवान थापा, हरि पौडेल,सचिन श्रेस्ठ र लोकराज पौडेल रहेका छन्।
माल्टामा विभिन्न तबरले आई बसोबास गरेका जुन सुकै पेश व्यवसायमा आवद्धहरूलाई समस्यामा परे सक्दो सहयोग गर्ने मुख्य उदेश्यले संस्था स्थापना गरिएको संयोजक भण्डारीले जानकारी दिए।
उक्त कार्यक्रममा एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्याललगाएत यहाँका समाजसेवी, ब्यावसायी र माल्टामा रहेका नेपालीहरुको उपस्थिति रहेको थियो।
No ads found for this position


Facebook Comment