कविता : बा! म पनि मर्छु है
बा! एकछिन रुन्छु है
तपाईंको तस्बिर हेरेर
बा! एक्छि हाँस्छु है
तपाईंको तस्बिर ढोगेर
बा! योजना बनाउँछु है
तपाईंकै मिहिनेत सम्झेर
बा!समाजको अगाडि रून्न है
हजुरको हँसिली तस्बिर हेरेर
बा! कसैसँग दुःख पोख्दिन है
हजुरकै खुसी सम्झेर
बा! एक छाक खान्छु है
तपाईंकै सत्यता सम्झेर
बा! फाटेकै लुगा लगाउँछु है
हजुरकै आदर्श बुझेर
बा! झुट बोल्दिन है
हजुरकै बिचार बोकेर
बा! कसैको मन दुख्न दिन्न है
हजुरको कोमल मन बुझेर
बा!कसैलाई गाली गर्दिन है
हजुरकै भाषा सम्झेर
बा!अहिलेको अवस्थामा
यी कुरा नगरी बाँच्न सक्छु त
बा!सपनीमा आउनुन
एउटा सल्लाह गर्छु है
बा!तपाईंको सल्लाह पाए भने
म पनि मर्छु है
No ads found for this position
प्रतिक्रिया


Facebook Comment