संसारकै उत्कृष्ट प्याराग्लाइडिङ स्थान ‘सराङकोट’ {फोटोफिचर}

डिसी नेपाल
१८ मंसिर २०७९ १५:३७

काठमाडौं । सराङकोट पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि लोकप्रिय पर्यटकीय गन्तव्य हो। सराङकोट धौलागिरी, अन्नपूर्ण र मनास्लुको मनोरम हिमाली दृष्यावलोकनका लागि परिचित छ।

पोखरा सहरको मनोरम दृश्य हेर्न र माथिल्लो भागमा रहेको भ्यू टावरबाट सूर्योदय हेर्न पर्यटकहरू सराङकोटको यात्रामा निस्कने गर्दछन्। सराङकोटलाई संसारको उत्कृष्ट प्याराग्लाइडिङ स्थानहरू मध्ये एक मनिन्छ । प्याराग्लाइडिङ गर्न रुचाउनेहरु पोखरा पुग्न साथ सराङकोट तर्फ लाग्ने गर्दछन् ।

सराङकोटका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू भुमे कालिका मन्दिर, चिसाखोला वेदविद्याश्रम, वाहकोट देवीको मन्दिर, सराङकोट भ्यूटावर, चण्डीको डिल(पाराग्लाईडिङ), खपौदी र राताडाँडा आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *