एमालेको समानुपातिक सांसदको सूची टुंगो लाग्यो, आजै आयोगमा बुझाउने

डिसी नेपाल
२४ मंसिर २०७९ १७:१८

काठमाडौं । एमालेको सचिवालय बैठक सकिएको छ । आज बसेको बैठकले समानुपातिक सांसदको सूची टुंगो लगाउनुका साथै गत आमनिर्वाचनमा पार्टीविरुद्ध गतिविधि गर्नेलाई कारबाही गरेको छ ।

बैठकपछि पत्रकारहरूलाई निर्णय बारे जानकारी दिँदै एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगलाई पहिला नै बुझाएको सूचीमा कुनै पनि हेरफेर नगरिएको बताए ।

उनका अनुसार पार्टीले आजै ५ बजेभित्रै समानुपातिक सूची आयोगमा बुझाउने छ । यस्तै, बैठकले नयाँ सरकार गठनबारे कुनै छलफल नगरेको उनले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *