अध्यादेशमार्फत होइन नवनिर्वाचित संसद्‍बाट समाधान खोजौँ : प्रदीप पौडेल

डिसी नेपाल
२६ मंसिर २०७९ १६:२१

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले अध्यादेशमार्फत नभएर संसदबाट समाधान खोज्नुपर्ने बताएका छन् ।

व्यक्ति हत्या आरोपमा आजीवन कारवासको सजाय भोगिरहेका रमेश चौधरीसहितलाई आममाफी दिनेगरी सरकारले अध्यादेश ल्याउन तयारी गरेपछि उनले संसदबाट समाधान खोज्नुपर्ने बताएका हुन् । अध्यादेशमार्फत समाधान खोज्नु गलत रहेको भन्दै उनले नवनिर्वाचित संसदमार्फत खोज्नुपर्ने बताएका हुन् ।

‘अध्यादेश हिजो पनि गलत थियो, आज पनि । पुरानै चलन, हिजोकै प्रवृत्ति रहिरहने हो भने फरकपनको आभास कसरी हुन्छ ? सबै विषयहरूको उचित हल हतारोमा अध्यादेश मार्फत्  होइन, नव निर्वाचित संसद मार्फत् खोजौं,’ उनले भनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *