मन्त्री हटचिनसद्वारा मेलबर्नमा महिला संघर्ष र सफलतामा केन्द्रित पुस्तक बिमोचन

डिसी नेपाल
२९ मंसिर २०७९ ७:१३

मेलवर्न। मेलवर्नमा ‘Nepalese Women’s Tales of Resilience’   नामक पुस्तक विमोचन गरिएको छ। अष्ट्रेलियाको भिक्टोरिया राज्यको महिला तथा शिक्षा मन्त्री नातालिय हटचिनसले उक्त पुस्तक विमोचन गरेकी हुन्।

दिदी- बहिनी समाज भिक्टोरियाले नेपालबाट अष्ट्रेलिया आएर भोग्नु परेका समस्या, संघर्ष र सफलतालाई समेटेर लेखिएका प्रेरणादायी ३९ कथालाई समेटेर पुस्तक तयार परेको हो। पुस्तक विमोचन गर्दै राज्यमन्त्री हटचिनसले पुस्तक धेरै महिलाका लागि प्रेरणको स्रोत बन्ने कुरामा सन्देह नरहेको बताइन्।

भिक्टोरिया बहुसांस्कृतिक आयोगका अध्यक्ष भिभियन न्ङुयन, सांसद काथलिन म्याथ्युज, काउन्सिलरहरु सु बोल्टन, मार्क रिले, मोनिका हार्ट, अजी आक्सन अब्रोडका प्रमुख कार्यकारी अधिकृत ग्राएम केन्ट, एनसिएलसीका प्रमुख कार्यकारी अधिकृत जेनी स्मिथ, ब्याङसिया गार्डेनका प्रमुख कार्यकारी अधिकृत जिना डगल, युनाइटिङ चर्चका क्याथरिन स्मिड्ट, रेफ्युजी कम्युनिटी एसोसियसन अस्ट्रेलियाका अध्यक्ष परसुराम शर्मा लुइँटेल आदिको उपस्थिती रहेको उक्त कार्यक्रममा संस्थाकी अध्यक्ष डा जमुना पराजुलीले स्वगत मन्तव्य राखेका थिइन्।

PHOTOGRAPHY BY WEDDING DIARY AUSTRALIA

कार्यक्रममा संस्था स्थापना भएको दश बर्षको समयाबधिमा संस्थाले घरेलु हिंसा क्षेत्रमा गरेका कार्यक्रम र उपलब्धीको बिषयमा भिडियो प्रदर्शन गरिएको थियो। संस्थाले घरेलु हिंसा सम्बन्धमा दुई लघु चलचित्र समेत निर्माण गरिसकेको छ भने तीज मनाउने क्रममा रकम संकलन गरी उठेको रकम नियमित रुपमा यौनरघरेलु हिंसामा परेका महिलाहरुको सहयोगको लागि उपयोग गर्ने गरी सामाजिक कार्यलाई प्रबर्द्धन गर्ने सिग्नेचर पर्बको रुपमा समेत मनाउने गरेर अहिलेसम्म नेपालमा त्यस क्षेत्रमा कृयाशिल ‘आवाज’ मार्फत २२,००० डलर पठाइ ११० भन्दा बढीलाई सहयोग गरिसकेको छ।

पुस्तकको संपादन रामकुमार श्रेष्ठ, टिना लिन्डन, रोशन भन्डारी र कभर डिजाइन सोपान प्रेस प्रालि द्वारा गरिएको थियो भने लुक ह्यारिसद्वारा पुस्तक प्रकाशनको सम्पूर्ण प्रकृयाको संयोजनकारी भूमिका निर्बाह गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *