गजल : तिमी आउनाले

बनाएर कैदी प्रियाको टुनाले
भएको छ दिल खुश चुनेको हुनाले ।

छँदै छैन वशमा हृदय लाग्छ मेरो
गरी आज खै के मदनकी मुनाले ।

भयो चाह पूरा थियो जो अपूरो
छु हर्षित असाध्यै तिमी आउनाले ।

भएको छ झड्का मिलेझैँ वदनमा
सुटुक्कै तिमीले मेरो दिल छुनाले ।

हुँदा जिन्दगीमा उनै खास मेरो
छ जीवन प्रफुल्लित सहस्रौँ गुनाले ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *