विश्वकप फाइनलः पहिलो हाफमा अर्जेन्टिनाको अग्रता

डिसी नेपाल
३ पुष २०७९ २१:४१

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनाले अग्रता लिएको छ । लुसेल स्टेडियममा पहिलो हाफमा फ्रान्सविरुद्ध अर्जेन्टिनाले २–० को अग्रता लिएको छ ।

अर्जेन्टिनाका लियोनल मेस्सी र एन्जल डि मारियाले एक/एक गोल गरे । मेस्सीले खेलको २३ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरे भने मारियाले ३६औँ मिनेटमा गोल गरे । उनले मेस्सीको असिस्टमा गोल गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *