अर्जन्टिना र फ्रान्सको खेल अतिरिक्त समयमा धकेलियो

डिसी नेपाल
३ पुष २०७९ २२:५५

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेल अतिरिक्त समयमा गएको छ । लुसेल स्टेडियममा जारी अर्जन्टिना र फ्रान्सबीचको खेलमा २–२ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको हो ।

पहिलो हाफमा फ्रान्सविरुद्ध अर्जेन्टिनाले २–० को अग्रता लिए पनि दोस्रो हाफको दुई मिनेटमा २ गोल गर्दै फ्रान्सले पुनरागमन गरेको हो ।

फ्रान्सका केलियन एम्बाब्पेले २ गोल हानेका हुन् । उनले ८० औँ मिनेटमा पेनाल्टीमार्फत तथा ८१ औँ मिनेटमा दोस्रो गोल गरेका हुन् । पहिलो हाफमा अर्जेन्टिनाका लियोनल मेस्सी र एन्जल डि मारियाले एकरएक गोल गरे । मेस्सीले खेलको २३ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरे भने मारियाले ३६औँ मिनेटमा गोल गरे । उनले मेस्सीको असिस्टमा गोल गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *