नेपाल टी–२० लिगमा सहभागी हुने ६ विदेशी खेलाडी आए

डिसी नेपाल
४ पुष २०७९ १८:३६

काठमाडौं । शुक्रबारबाट सुरु हुने नेपाल टी–ट्वान्टी लिगमा सहभागी हुने ६ विदेशी खेलाडी नेपाल आएका छन् । नेपाल टी–ट्वान्टीमा सहभागी हुने जनकपुर रोयल्सका २ तथा विराटनगर सुपर किंग्सका ४ खेलाडीहरु सोमबार अपरान्ह नेपाल आएका हुन् ।

जनकपुर रोयल्सबाट खेल्नका लागि वेस्ट इण्डिजका चाडविक वाल्टन र ट्रेवोन ग्रिफ्ट काठमाडौं आएका छन् । त्यस्तै विराटनगरमा अनुबन्ध भएका वेस्ट इण्डिजका आन्द्रे म्याकार्थी र किओन जोसेफ तथा अमेरिकाका गौरान्शु शर्मा र राज रकि नानन पनि आएका छन् । उनीहरुलाई दुई क्लवका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका थिए ।

कीर्तिपुरस्थित टियु मैदानमा पहिलो संस्करणको टी–ट्वान्टी लिग पुस ८ गतेबाट २६ गतेसम्म सञ्चालन हुनेछ । पहिलो संस्करणको लिगमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारबीच प्रतिष्पर्धा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *