मलाई लाग्छ बाबर आजम विरोधमा मैदानमा आएनन् – राशिद लतिफ
काठमाडौं । पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजमले इङ्ल्यान्डविरुद्धको तेस्रो टेष्टको दोस्रो दिन विरोध गर्दै मैदान उत्रन अस्वीकार गरेका छन् ।
बाबर आजमको अनुपस्थितिमा मोहम्मद रिजवानले कप्तानी सम्हालेका थिए । सुरुमा आजम नआएपछि टाउको दुखाइको कारण मानिएको थियो ।
पछि सुरक्षाका कारणले उनलाई राति खाना खान बाहिर निस्कन नदिएपछि सुरक्षाकर्मीसँग झगडा भएको खुलासा भयो ।
अब पाकिस्तानका पूर्व क्रिकेटर राशिद लतिफले पनि बाबर आजम र होटलका सुरक्षाकर्मीबीच विवाद भएको खबरको पुष्टि गरेका छन् ।
एक स्थानीय समाचार च्यानलसँग कुरा गर्दै राशिदले घटनालाई दुर्भाग्यपूर्ण भन्दै पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष रमीज राजालाई यस विषयमा हस्तक्षेप गर्न माग गरे।
राशिदले भने, ‘प्रश्न अवश्य सोधिनेछ। गल्ती जो कोही भए पनि पीसीबी अध्यक्ष रमीज राजाले त्यसलाई हेर्नुपर्छ। कराँचीमा नयाँ व्यक्ति नियुक्त गरिएको छ। उनीहरूलाई भनिन्छ कि टोली यहाँ छ, जहाँ उनीहरूको ख्याल राख्नुपर्छ ताकि खेलाडीहरूलाई कुनै प्रकारको समस्या नपरोस्।’
उनले भने, ‘मलाई लाग्छ बाबर आजमले विरोधमा मैदानमा उत्रन अस्वीकार गरे । पाकिस्तानी क्रिकेटका कप्तानले आफ्नै सुरक्षाका लागि आफ्नै क्रिकेट बोर्डको विरोध गरिरहेका छन्।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment