गजल : नत्र छैन अर्थ
धुन बिनाको सुर बिनाको बाँसुरीको छैन अर्थ
साथ यदि दिन्नौ भने यो जिन्दगीको छैन अर्थ
मात्र तिम्रो साथ पाए हुन्छ मेरो दिल सुसज्जित
फूलबारी रित्तिएमा पल्लवीको छैन अर्थ
देउरालीमा चढाउँछु फूल पाती हर्ष माग्दै
तोडिए हाम्रो कसम प्रिय आरतीको छैन अर्थ
कर्म गर्दै मार्ग कोरे जिन्दगीको एक बन्दै
हुन्न सार्थक भन्नु सुन्दर आँगनीको छैन अर्थ
बात जस्तो गर्छ उसले काम पनि उस्तै छ राम्रो
हुन्छ मिथ्या भन्न सायद मतलबीको छैन अर्थ
No ads found for this position
प्रतिक्रिया


Facebook Comment