नेपाली भलिबल टोलीलाई लगातार तेस्रो असफलता

डिसी नेपाल
९ पुष २०७९ १८:५४

काठमाडौं । काभा यु–२३ पुरुष भलिबल च्याम्पियनसिपको लिग चरणमा नेपाल जित विहिन बनेको छ । शनिबार भएको लिग चरणको अन्तिम खेलमा नेपाल कीर्गिस्तानसँग ३–२ सेटमा पराजित भएको हो । नेपालले अब लिग चरणको विजेतासँग खेल्नेछ ।

बंगलादेशको शाहीद सुहरावर्दी इनडोर स्टेडियममा पहिलो सेट २५–१६ ले गुमाएको नेपालले दोस्रो सेटमा पुनरागमन गर्दै २५–२३ को जित निकालेको थियो । त्यस्तै तेस्रो सेट २५–१७ ले गुमाएको नेपालले चौथो सेट २५–१९ मा जित निकाल्दा अन्तिम सेटमा कीर्गिस्तानले १५–६ को जित सुनिश्चित गरेको हो ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र कीर्गिस्तान गरी चार टोलीको सहभागिता छ । नेपालले यसअघिको खेलमा बंगलादेश र श्रीलंकासँग पराजय ब्यहोरेको थियो । नेपालले च्याम्पियनसिपको सेमिफाइनल खेल भोलि खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *