मेसी पिएसजी सम्झौता नजिक
काठमाडौं। अर्जेन्टिनाका कप्तान लियोनल मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग सम्झौता नविकरण गर्न सहमत भएका छन्। बिबिसीका अनुसार ३५ वर्षीय मेसीले एक वर्षको लागि पेरिसमै रहन सहमत भएका हुन्।
कतार विश्वकप जितेपछि मेसी यतिबेला अर्जेन्टिनामै छन्। मेसी विजयी र्यालीमा सहभागी छन्। मेसीले जुनमा सम्झौता गर्ने बुझिएको छ।
खेल जिवनीकै उच्च लयमा देखिएका मेसीलाई बार्सिलोना फर्काउने अध्यक्ष जोअन लोपार्टाले चाहन्थे। मेसी २१ वर्ष स्पेनको बसाई छाड्दै सन् २०२१ मा पेरिस पुगेका थिए। यसै सिजन मेसीको सम्झौता सकिँदै छ। यद्यपि, दोहामा पिएसजी अध्यक्ष नासेर अल खेलाफीसँग मेसीले बार्ता गर्दै क्लबमै रहने बताएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment