नेपाल टी २० क्रिकेट : पहिलो खेलमा लुम्बिनी अल स्टार र विराटनगरबीच हुँदै

डिसी नेपाल
१० पुष २०७९ ८:२२
44
Shares

काठमाडौं। नेपाल टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा दुई खेल हुँदैछ। आइतबार पहिलो खेलमा लुम्बिनी अल स्टार र विराटनगर सुपर किंग्सबीच खेल हुनेछ।

खेल बिहान ९ः१५ बाट सुरु हुँदा लुम्बिनी लगातार दोस्रो जित निकाल्न चाहन्छ। विराटनगरको पहिलो खेलमा जित निकाल्ने दाउमा छ। दोस्रो खेलमा पोखरा एभेन्जर्स र जनकपुर रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउसो १ः१५ बाट सुरु हुँदा पोखरा पहिलो जित निकाल्न चाहन्छ। पोखरा पहिलो खेलमा काठमाडौंसँग पराजित भएको थियो।

पुस २७ गते हुने फाइलनमा खेलको विजेताले ५५ लाख पाउनेछ। यसैगरी उपविजेताले ३० लाख र तेस्रो हुने टोलीले १० लाख पाउने आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

प्रतियोगिताका काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार सहभागी छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *