नेपाल र बंगलादेश सेमिफाइनलमा भीड्दै
काठमाडौँ। काभा यु-२३ भलिबल प्रतियोगिताको सेमिफाइनलमा आइतबार नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ।
ढाकामा जारी प्रतियोगिताको लिग चरणमा शीर्ष स्थानमा रहँदै बंगलादेश अन्तिम चारमा प्रवेश गरेको हो। नेपाल लगातार तीन खेलमा पराजित भएपनि सेमिफाइनलमा स्थान बनायो।
लिग चरणको पहिलो खेलमा बंगलादेशले नेपाललाई ३–० को सोझो सेटमा हराएको थियो। दोस्रो खेलमा श्रीलंकाले समेत सोझो सेटमै हराउँदा शनिबार नेपाल कीर्गिस्तानसँग ३–२ ले पराजित भएको थियो।
दोस्रो सेमिफाइलनमा आज श्रीलंका र किर्गिस्तान पनि प्रतिस्पर्धा गर्नेछन्। विजेता टोली स्वर्ण पदकको लागि फाइनलमा भिड्नेछन् । पराजित टोली कास्य पदकको लागि पून खेल्नेछन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment