विराटनगरलाई लुम्बिनीको १५८ रनको लक्ष्य (फोटो फिचर)
काठमाडौं। नेपाल टी-२० लिगअन्तर्गत जारी खेलमा लुम्बिनी अलस्टार्सले विराटनगर सुपर किङ्सलाई १५८ रनको चुनौती दिएको छ। त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५७ रन जोडेको हो।

लुम्बिनीका ओपनर मिलान्थाले अविजित ८० रनको उत्कृष्ट इनिङ खेल्दा कुशल भुर्तेलले २६ रन, कप्तान दीपेन्द्रसिंह ऐरी १६ रन जोडेर पभेलियन फर्किएका थिए भने बिपुल शर्मा ११ रन जोडे।

विराटनगरका कप्तान आन्द्रे माकर्थी, सिकन्दर राजा, शाहब अलाम र हुसन टलतले समान एक विकेट लिए।








No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment