खुसी छैनन् कोन्टे

डिसी नेपाल
११ पुष २०७९ ९:२४

काठमाडौँ। कतार विश्वकप २०२२ सम्पन्न भएको आठ दिनपछि नै आजबाट इंग्लिस प्रिमियर लिग सुरु हुँदैछ। बक्सिङ डे मा आयोजना हुने प्रिमियर लिगको पहिलो खेलमा टोटनहमले ब्रेन्टफोर्डको सामना गर्दैछ।

तर, टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टे भने खुसी छैनन्। उनले भनेका छन्,‘ साच्चै म खुसी छैन।,’ टोटनहमका १२ खेलाडीले कतार विश्वकप खेलेका थिए। अर्जेन्टिनाका रक्षक क्रिस्टियन रोमेरो र फ्रान्सका ह्युगो लोरिसले आइतबार फाइनल खेले। ‘यति चाडो खेल्नु निकै गाह्रो हुनेछ। विश्वकपपछि मात्र एक हप्ता बिदा हुनुहुँदैन थियो,’ कोन्टेले थपे।

निलम्बरका कारण रोड्रिगो बेन्टचर उपलब्ध हुने छैनन् भने ह्यामस्ट्रिङका कारण ब्राजिल स्ट्राइकर रिचार्लिसन समेत टोटनहमसँग हुने छैनन्। लुकास मौरा भने सम्भवत खेल्नेछन्। तर, पक्का छैन।

१५ खेल खेलेको टोटनहम २९ अंकसहित चौथो स्थानमा छ। आठ अंक बढि रहेको आर्सनल शीर्षस्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *